कर्णालीका तिन नयाँ मन्त्रीले आज सपथ लिँदै


सुर्खेत । कर्णाली प्रदेशमा सिफारिस भएका तिन नयाँ मन्त्रीहरुले आज पद तथा गोपनियताको सपथ ग्रहण गर्ने भएका छन् । मंगलबार दिउँसो बसेको कांग्रेस कार्यसम्पादन समितिको बैठकले यसअघि नेकपा एमालेले सम्हालेका तीन मन्त्रालयको जिम्मेवारी काँग्रेसका तिन मन्त्रीले आज सपथ ग्रहण गर्ने भएका हुन् ।

सुर्खेत–१ ‘क’बाट निर्वाचित सांसद खड्कबहादुर पोखरेलले सामाजिक विकास मन्त्रालय, जाजरकोट ‘क’बाट निर्वाचित बेदराज सिंहले आर्थिक मामीला तथा योजना मन्त्रालय र दैलेख–१ ‘क’बाट निर्वाचित सांसद कृष्णकुमार बिसीले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी सम्हाल्ने गरी मन्त्रीमा शिफारिस भएका हुन् ।