कर्णाली प्रदेशको पर्यटन मन्त्रीमा वीरबहादुर शाही नियुक्त

सुर्खेत । कर्णाली प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा वीरबहादुर शाही नियुक्त भएका छन्। आइतवार मुख्यमन्त्री जीवनबहादुर शाहीको सिफारिसमा नेपालको संविधानको धारा १६८ को उपधारा ९ बमोजिम प्रदेश प्रमुख तिलक परियारले नियुक्त भएका नवनियुक्त मन्त्री शाहीलाई धारा १७२ बमोजिम पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।

शाही डोल्पाबाट निर्वाचित सांसद् हुन्। साउन २३ गते निवर्तमान उद्योगमन्त्री छिरिङ डम्डुल लामा (कार्चेन) को ६ महिने कार्यकाल सकिएपछि शाहीलाई नियुक्त गरिएको हो।

नवनियुक्त मन्त्री शाहीको शपथ ग्रहणसँगै आठ सदस्यीय कर्णाली प्रदेश सरकारको मन्त्रीपरिषद्ले पूर्णता पाएको छ । शाहीले आजै मन्त्रालयको पदभार ग्रहण गरेका छन् ।