मधेश प्रदेशसभाबाट ४ वर्षमा ४४ विद्येयक पारित

जनकपुर । प्रदेशसभा स्थापना भएको चार वर्षमा मधेश प्रदेशसभाले ४४ वटा विधेयक पारित गरेको छ । प्रदेशसभा सचिवालयका अनुसार पारित भएका सबै विधेयक प्रदेश प्रमुखबाट प्रमाणीकरण भइरहेको छ ।

प्रदेशसभा स्थापनाको चार वर्ष बित्नै लाग्दा गत माघ ३ गते मात्र प्रदेशको नाम ‘‘मधेश” र राजधानी ‘‘जनकपुरधाम” टुङ्ग्याउन सफल मधेश प्रदेशसभाले पारित भएका सबै विधेयक कार्यान्वयन गरिसकेको छ ।

सङ्घीयता संस्थागत गर्नेदेखि प्रदेश सरकार सञ्चालन र सामाजिक रुपान्तरण सम्बन्धी प्रदेश सरकारबाट आएका महत्वपूर्ण विधेयकहरू पारित गर्ने यस प्रदेशले बनाएका कतिपय महत्वपूर्ण ऐन कार्यान्वयनमा चुनौती देखिएको प्रदेशसभा सदस्यहरु बताउँछन् ।

स्वास्थ्य सेवा, प्रदेश पदक, आर्थिक, प्रदेश प्रहरी सेवा, दलित सशक्तीकरण, प्रदेश निजामती सेवा, प्रदेश आर्थिक, प्रदेश विनियोजन, जनलोकपाललगायतका महत्वपूर्ण ४४ वटा विधेयकहरु प्रदेशसभाबाट पारित भई प्रदेश प्रमुखबाट प्रमाणीकरण भइसकेको प्रदेशसभा सचिवालयका सचिव रञ्जित कुमार यादवले जानकारी दिए ।