
सुर्खेत । भेरीगंगा नगरपालिका ५ सुर्खेतमा जंगली जनावरको आक्रमणबाट दुईजनाको मृत्यु भएको छ । भेरीगंगा ५ घेराबानी बस्ने ४८ वर्षीय रामबहादुर चन्द र सोही ठाउँकी ६७ वर्षीय कबी वलीको मृत्यु भएको हो ।
आइतबार बिहान ८ बजे जंगल गएका उनीहरु नफर्किएपछि आफन्तहरुले प्रहरीलाई जानकारी गराएका थिए ।
दिउँसो करिब ४ बजे उनीहरुको शब बर्दिया राष्ट्रिय निकुञ्ज नजिक रहेको बकर क्षेत्रमा भेटिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरिक्षक सुरज कार्कीले जानकारी दिए । उनका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

फरकबाटो २९ श्रावण २०७९, आईतवार १८:१८