मुगुबाट प्रतिनिधि सभा सदस्यमा कांग्रेसका ऐनबहादुर शाही निर्वाचित

सुर्खेत। मुगुबाट नेपाली कांग्रेसका ऐनबहादुर शाही प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् ।

नेकपा एमालेका राजबहादुर कार्कीलाई पराजित गर्दै शाही प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन् ।शाहीले १४ हजार ७ सय२ मत पाए भने एमालेका कार्कीले १० हजार ७ सय ८ मत प्राप्त गरेका थिए ।