कर्णालीको मन्त्रिपरिषद्ले आइतबार पुर्णता पाउने मुख्यमन्त्रीको संकेत

सुर्खेत । कर्णाली प्रदेशको मन्त्रिपरिषद्ले आइतबार पुर्णता पाउने भएको छ । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले आइतबार कर्णालीको मन्त्रिपरिषद्ले पुर्णता पाउने जानकारी दिएका हुन् ।

मुख्यमन्त्री जीवनबहादुर शाहीले फेसबुक स्टाटसमा समेत बारम्बार सोधिने प्रश्नको जवाफ आइतबार दिने जानकारी गराएका छन् ।

तर मन्त्री को बन्ने र कसले कति भाग पाउने भन्ने विषयमा आन्तरिक छलफल भइरहेको उनले बताए ।

नेकपा माओबादीले जाजरकोटका गणेशप्रसाद सिंह र हुम्लाका गैरसांसद कार्चेन लामालाई मन्त्रीका लागि शिफारिस गरेको छ ।

त्यस्तै नेपाली काँग्रेसले सुर्खेतका यज्ञवहादुर बि.सी र दैलेखका हिमबहादुर शाहीलाई शिफारिस गर्ने निर्णय गरेको एक शिर्ष नेताले जानकारी दिए ।
यता नेकपा एकिकृत समाजबादीले भने जुम्लाका पदम रोकायलाई यस अघिनै मन्त्रीका लागि शिफारिस गरेपनि आन्तरिक छलफल गरिरहेको बताएको छ ।

मुख्यमन्त्री सचिवालयका एक कर्मचारीले भने “तत्कालका लागि काँग्रेसले दुई, माओबादीले दुई र समाजबादीले एक मन्त्री पाउने सहमती भएको छ ।”
कर्णाली प्रदेशमा यसअघि नेकपा एकिकृत समाजबादीका चन्द्रबहादुर शाहीलाई भुमी व्यवस्था कृषी तथा सहकारी मन्त्री र नेकपा माओबादीका बिन्दमान बिष्टलाई आर्थिक मामीला तथा योजना मन्त्रीमा नियुक्त गरिएको हो ।

यो बाहेक सामाजिक विकास मन्त्रालय, आन्तरिक मामीला तथा कानुन मन्त्रालय, भौतिक पुर्वाधार तथा शहरी विकास मन्त्रालय, उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालय र जलस्रोत तथा उर्जा विकास मन्त्रालय मन्त्री बिहिन रहेका थिए ।