एमाले जिल्ला अधिवेशन : डोल्पा र सल्यानमा सर्वसम्मत नेतृत्व चयन

सुर्खेत । नेकपा एमालेले कर्णालीका दुई जिल्लामा सर्वसम्मत नेतृत्व चयन गरेको छ ।
एमाले प्रदेश कमिटीका अनुसार डोल्पा र सल्यानमा सर्वसम्मत नेतृत्व चयन गरिएको हो । प्रदेश अध्यक्ष विनोदकुमार शाहका अनुसार डोल्पामा शेर बहादुर बुढा र सल्यानमा गोबिन्द  पुन सर्वसम्मत अध्यक्षमा निर्वाचित भएका हुन् ।

कर्णालीमा हुम्ला र मुगु बाहेक आठ जिल्लामा अधिवेशन सुरु भएको थियो । अन्य जिल्लामा सर्वसम्मत नेतृत्व चयनका लागि प्रयास भइरहेको उनले बताए ।