भिरबाट खसेर जाजरकोटमा एकजनाको मृत्यु


सुर्खेत । जाजरकोटमा भिरबाट खसेर एकजनाको मृत्यु भएको छ । कुशे गाउँपालिका वडा नं ४ का ३१ वर्षीय अम्मरबहादुर शाहीको मृत्यु भएको हो ।

कुशे गाउँपालिका वडा नं ६ आफ्नो ससुरालीबाट घरतर्फ जाँदैगर्दा कुशे ६ को पिप्से भिरबाट लडेर उनको मृत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ ।