जाजरकोटमा माछा मार्ने क्रममा डुबेर दुई जनाको मृत्यु


सुर्खेत । जाजरकोटको छेडाखोलामा माछा मार्न गएका दुई जनाको डुबेर मृत्यु भएको छ । छेडागाड नगरपालिका–१ मा रहेको छेडाखोलामा माछा मार्ने क्रममा स्थानीय ५० वर्षका नरबहादुर नेपाली र शिवालय गाउँपालिका–९ का ४९ वर्षका धनबहादुर बुढाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जानकारी दिएको छ ।

बिहीवार दिउँसो डुबेका दुवै जनाको शव जालमा बेरिएको अवस्थामा बेलुका भेटिएको प्रहरीले जनाएको छ ।