मधेश प्रदेश : हावाहुरीका कारण ३ जनाको मृत्यु


धनुषा । हावाहुरीका कारण मधेस प्रदेशमा तीन जनाको मृत्यु भएको छ । हावाहुरीले रुख ढल्दा धनुषामा दुई विद्यार्थी र घर ढल्दा रौतहटमा एक महिलाको मृत्यु भएको प्रदेश प्रहरी कार्यालय जनकपुरले जनाएको छ ।

धनुषाको सबैला नगरपालिका १२ फकिरचन्द उच्च माध्यमिक विद्यालयको प्राङ्गणमा रहेको रुख ढल्दा आठ वर्षीया प्रतिमाकुमारी सदा र सात वर्षीय अरबन्दी सदाको ज्यान गएको प्रहरीले जनाएको छ । हावाहुरीले रुख ढल्दा दुवै जनाको मृत्यु भएको हो ।