सुर्खेत । फोहोरमैला व्यवस्थापनका लागि सरसफाई अभियान सम्पन्न गरिएको छ । वीरेन्द्रनगर नगरपालिका वडा नं १० र ११ मा अभियान सम्पन्न गरिएको हो ।
मानवअधिकार तथा ग्रामीण वातावरण संरक्षण केन्द्र (हुरेक) नेपालको आयोजना तथा वडा नं १० र ११ को समन्वयमा अभियान सम्पन्न भएको हो ।
प्रयास परियोजना अन्तर्रगत साना अनुदान कार्यक्रममार्फत सञ्चालन गरिएको अभियानमा राजदल गण, टोल विकास संस्था लगाएत विभिन्न संस्थाहरुको समेत सहभागिता रहेको थियो ।
वीरेन्द्रनगर ११ को वडा कार्यालयदेखी पिपिराचोक हुँदै वीरेन्द्रनगर १० को देउतीबज्यै मन्दिर परिसरमा सरसफाई गर्नुका साथै स्थानियलाई फोहोर नगर्न आग्रह गरिएको थियो ।
वीरेन्द्रनगर नगरपालिका वडा नं ११ का वडा अध्यक्ष खिमलाल देवकोटाले आफ्नो घर आँफै सफा राख्न र फोहोर उठाएर डस्बिन वा बोरामा बाँधेर राख्न स्थानियहरुलाई आग्रह गरे । उनले संधै फोहोर अरुले उठाइदेला भनेर बस्नुभन्दा आफ्नो घरको फोहोर आँफैले व्यवस्थित गरेर राख्ने र त्यसको विसर्जनको जिम्मा वडाले लिने जानकारी दिए ।
अटेरी गरेर फोहोर गरे वडाले जरिवाना तोक्ने उनले सुनाए ।
त्यस्तै वीरेन्द्रनगर नगरपालिका वडा नं १० का वडा अध्यक्ष डिलबहादुर रखालले आफ्नो घरआगन सफा राख्नुनै सभ्यनागरिकको परिचय भएको बताए ।
जनप्रतिनिधि र सरसफाई कर्मचारीले फोहोर उठाइदिने भन्दा पनि आँफैले आफ्नो घरआगन सफा राख्नुपर्ने वीरेन्द्रनगर नगर कार्यपालिका सदस्य तृप्ती वि.कले बताईन् ।
फोहोर उठाउन नगरपालिकाबाट गाडी नआएको खण्डमा गुनासो गर्ने तर फोहोर जथाभाबी नफाल्न स्थानियबासीहरुलाई उनले आग्रह गरिन् ।
मानव अधिकार तथा ग्रामीण बातावरण संरक्षण केन्द्र हुरेक नेपालका अध्यक्ष गणेश वलीले नागरिकहरुमा अझैपनि आफ्नो घर सफा राख्नुपर्छ भन्ने चेतना नभएको बताए । उनले चेतनामुलक कार्यक्रम संगै फोहोर गर्नेहरुलाई जरिवानाको व्यवस्थान गर्न जरुरी भएको बताए ।




फरकबाटो १९ जेष्ठ २०७९, बिहीबार १७:०१