दैलेखमा ड्यामबाट खसेको ढुङ्गा लागेर एक बालकको मृत्यु, छ जना बालबालिका घाइते


सुर्खेत । दैलेखको आठबीस नगरपालिका–५ मा ड्यामबाट खसेको ढुङ्गा लागेर हिजो बेलुका एक जना बालकको मृत्यु भएको छ । ६ जना बालबालिका घाइते भएका छन् ।

निमार्णाधीन अवस्थामा रहेको भित्रिखोला सिँचाइ आयोजनाको ड्याम भत्किएर खसेको ढुङ्गाले लाग्दा आठबिस–५ बस्ने बिर्खबहादुर थापाका छोरा उमेश थापाको मृत्यु भएको हो ।

ड्याम बर्सातका कारण भत्किएको दैलेखका प्रहरी प्रमुख किशोर लम्सालले जानकारी दिए । घाइतेमध्ये १३ वर्षका किरण बुढामगरको अवस्था गम्भीर रहेको बताइएको छ ।