एकलाखबढी नगद र ब्राउन सुगरसहित एक महिला पक्राउ


सुर्खेत । सुर्खेत प्रहरीले एकलाखबढी नगद र ब्राउन सुगरसहित एक महिलालाई पक्राउ गरेको छ । वीरेन्द्रनगर १२ हरियाली टोलमा लागुऔषधको कारोबार भईरहेको गोप्य सुचनाको आधारमा वीरेन्द्रनगर २ बस्ने २२ वर्षीय राधिका बुढालाई पक्राउ गरिएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ ।

चन्दननाथ नगरपालिका ६ जुम्ला घर भएकी उनीबाट १ लाख २१ हजार ४ सय ५० नगद र १४ (६८० मिलिग्राम ) पुरिया ब्राउन सुगरजस्तो देखिने खैरो पदार्थ बरामद गरिएको प्रहरीले जनाएको छ । उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।