चुनावको मिति तोक्न अनेरास्ववियुको दबाब मुलक सडक बहस

सुर्खेत । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु कर्णाली प्रदेशले स्थानीय तहको चुनावको मिति तत्काल तोक्न सडक बसह गरेको छ ।

बुधबार वीरेन्द्रनगरमा स्थानीय तहको चुनाव निर्वाचन निर्धारित समय भित्र गर्नुपर्ने माग राख्दै अनेरास्ववियु कर्णालीले सरकारलाई दबाब मुलक सडक बहस गरेको हो ।

बहसमा बोल्दै जिल्ला बारका अध्यक्ष नन्दबहादुर भण्डारीले स्थानीय तहको निर्वाचन नभएमा यसले जटिलता निम्त्याउँने भन्दै समयमै चुना गर्नुपर्ने बताए ।

त्यस्तै, अधिवक्ता शेरबहादुर केसी र दुर्गाप्रसाद सापकोटाले संविधानले स्थानीय तहको चुनाव विना संविधानको कल्पना पनि गर्न नसकिने बताए । संविधान र कानूनले स्थानीय तहलाई ५ वर्षको समयावधि दिएकोले समयमै गर्नुपर्र्नेमा जोड दिए ।

बहसमा नेकपा एमाले कर्णाली प्रदेश कमिटी सदस्य टेकेन्द्रकुमार बस्नेतले स्थानीय तहको चुनावका तोक्न सरकारसँग माग गरे ।