सुर्खेत । विद्युतीकरणमा देखिएको समस्या समाधान गर्नका लागि कर्णाली प्रदेशका जलस्रोत तथा उर्जा विकासमन्त्री गणेशप्रसाद सिंहले विषयगत गत कार्यालयसँग छलफल गरेका छन् ।
विद्युतीकरण गर्दा रुख कटान देखि अन्य काम गर्दा पटक पटक समस्य आइ काममा ढिलाइ हुने गरेको गुनासो आएपछि मन्त्री सिंहले आज उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव मोहनदेव जोशी, कर्णाली प्रदेश विद्युत प्राधिकरण प्रदेश प्रमुख सम्भु कुसैयात यादव र प्रदेश वन निर्देशक गोविन्द प्रसाद दहाल बीचमा छलफल भएको हो ।
कोहलपुरा देखि सुर्खेत सम्मा १३३ केभी प्रशारण लाइनमा देखिएको समस्य देखि पश्चिम सुर्खेतमा देखिएको समस्याका बारेमा पनि छलफल भएको मन्त्री सिंहले बताए । यो भन्दा अगाडी १० जिल्ला नेपाल विद्युत प्राधिकरणका प्रमुख , खानेपानी सिँचाइ तथा उर्जा विकास कार्यालयका प्रमुखसँग छलफल पछि आज मन्त्री सिंहले सरोकार राख्ने मन्त्रालयका अधिकारीसँग छलफल गरे ।
वातारणीय प्रभाव मुल्यांकन गर्दा वन मन्त्रालयसँग छलफल नगरी जथाभावी सर्वेक्षण गर्दा योजना बस्तुबादी नभएको प्रदेश वन निर्देशक गोविन्दप्रसाद दहालले बताए । इआएमा देखिएको समस्या समाधान गर्ने बिषयमा समेत छलफल भएको थियो । कर्णालीका १० जिल्लामा विद्यतीकरण गर्दा वन क्षेत्र भित्र काम गर्दा अवरोध हुने भएकाले त्यसको समाधान गर्न सबै सहमत भएको बताए ।
विकास निर्माणमा कार्यमा प्रयोग हुने वन क्षेत्र र सो सँग सम्वन्धित वातावरणीय अध्ययन लगाएतका कार्यक्रममा सहजिकरण गर्न प्रदेश सचिव , निर्देशकको नेतृत्वमा सहजिकरण समिति गठन गरी काम लाइ सहजिकरण गर्ने सहमति भएको छ । यो समितिले निष्कष निकाल्न नसके मन्त्री वा सचिवको नेतृत्वमा निर्देशन समिति गठन गरी सो समिति सँग छलफल गरी सहमती गर्ने समाधान गर्ने वैठकले निर्णय गरेको छ ।
फरकबाटो ५ फाल्गुन २०७८, बिहीबार १६:२२