सुर्खेत सभाहलको बाँकी काम सम्पन्न गर्न ६ करोड बजेट विनियोजन

सुर्खेत । सुर्खेत सभाहलको दोस्रो चरणको कामका लागि ६ करोड बजेटको व्यवस्था गरिएको छ । सभाहलको बाँकी काम सम्पन्न गर्न बजेटको व्यवस्था गरिएको हो ।

शहरी विकास मन्त्रालय, शहरी विकास तथा भवन निर्माण विभागको योजना तथा विकास सहायता शाखाले संघीय आयोजना कार्यान्वयन इकाई सुर्खेत र शहरी विकास तथा भवन निर्माण विभाग काठमाडौंलाई  सुर्खेत सभाहलको दोस्रो चरणका लागि बजेट सुनिश्चित भएको जानकारी दिएको छ ।

यस्तै  संघीय आयोजना कार्यान्वयन इकाई सुर्खेत कार्यालयको भवन निर्माणका लागि बजेट  व्यवस्था गरिएको छ ।  सुर्खेत सभाहल निर्माण कार्यको दोस्रो चरणका लागि ६ करोड र संघीय आयोजना कार्यान्वयन इकाई सुर्खेतको भवनका लागि ४ करोडको सिमाभित्र रही खरिद प्रक्रिया अघि बढाउन र उक्त आयोजनाका लागि आवश्यक बजेट मन्त्रालयको चालु तथा आगामी आर्थिक वर्षको बजेट सिलिङ्ग भित्रबाट व्यवस्थापन गर्ने गरी बजेटको सुनिश्चित गरिएको हो ।