हुम्लामा घर भासिदा ६ जनाको अवस्था अज्ञात


सुर्खेत । हुम्लामा घर भासिदा एकै परिवारका ६ जनाको अवस्था अज्ञात रहेको छ ।  जिल्लाको खार्पुनाथ गाउँपालिका वडानम्बर ५ खर्पेगाउँमा एकै घरका ६ जनाको अवस्था अज्ञात रहेको हो ।

खर्पेगाउस्थित बिचदउडामा रहेको धनविरे शाहीको घरमा पहिरो खस्दा घर भासिएको हो । पहिरोको कारण घर भासिदा धनबिरे शाही, कलबहादुर शाही, आसा शाही र उनका ११ , ५ र ३ वर्षीय छोरा सहित ६ जना बेपत्ता भएका हुन् ।

निरन्तरको वर्षाका कारण घर भासिदा एकै परिवारका ६ जना अज्ञात रहेको खबर आएपनि घटनास्थलसम्म जान नसकिएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रमुख डिएस्पी हेरम्ब शर्माले जानकारी दिए । उनका अनुसार बिहानमात्रै प्रहरीको टोली घटनास्थलमा पुग्नेछ ।