सुर्खेत । हुम्लामा पहिरोमा पुरिएर चारजनाको मृत्यु भएको छ भने पाँचजना घाइते भएका छन् । हुम्लाको चंखेली गाउँपालिका ६ मेल्छाममा हिजो करिब पउने ७ बजे आएको पहिरोले उनीहरुलाई पुरेको थियो ।
पहिरोमा परि ज्यान गुमाउनेहरुमा एकैघरका ६० वर्षीय तुलसा कामी, ७ वर्षीय बस्नता कामी, ९ वर्षीय सुस्मिता कामी र १२ वर्षीय हैजाली कामी रहेको कर्णाली प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ ।
यस्तै पहिरोमा परि घाइते हुनेहरुमा ३८ वर्षीय देउचा कामी, ३६ वर्षीय औगती कामी, १२ वर्षीय निरुता कामी, १४ वर्षीय मनिका कामी र ३ वर्षीय तपेन्द्र कामी रहेको प्रहरीले जनाएको छ ।
फरकबाटो २४ आश्विन २०७९, सोमबार १५:३२