मुख्यमन्त्री शाहीले दिए राजीनामा


सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राजीनामा दिएका छन् । पत्रकार सम्मेलनको आयोजना गरि सोमबार (आज) उनले राजीनामा  दिएको घोषणा गरेका हुन् ।

नेपाली कांग्रेससंगको सहमती अनुसार आँफुले मार्ग प्रशस्त गरेको मुख्यमन्त्री शाहीले बताए । मुख्यमन्त्री शाहीले राजीनामा दिएपछि कर्णाली प्रदेशमा नेपाली कांग्रेसका जिवनबहादुर शाही मुख्यमन्त्री बन्ने पक्का  भएको छ ।

कर्णाली प्रदेशका प्रथम मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले तिनवर्ष ८ महिना सरकार सञ्चालन गरेपश्चात् राजीनामा दिएका हुन् । राजनीतिक ईमान्दारिता कायम गर्दै सत्तारुढ दलहरुको सहमति अनुसार उनले आज राजीनामा दिएको बताए ।

शाहीले आजै राजीनामा पत्र प्रदेश प्रमुखसमक्ष बुझाईसकेका छन् ।