
सुर्खेत । वीरेन्द्रनगर जेसीज र वीरेन्द्रनगर जुनियर जेसीजको आयोजनामा दिप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ । आइतबार साँझ शहिदहरुको सम्झनामा वीरेन्द्रनगर जेसीज सचिवालयमा दिप प्रज्वलन कार्यक्रम गरिएको हो ।
वीरेन्द्रनगर जेसीजका पूर्व अध्यक्ष हरिहर बस्नेतको प्रमुख आतिथ्यतामा र वर्ष २०२२ का अध्यक्ष शैलेन्द्र पाठकको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा वीरेन्द्रनगर जेसीजका पूर्व अध्यक्ष वितिहोत्र वशिष्ठ, वीरेन्द्रनगर जुनियर जेसीज वर्ष २०२१ का अध्यक्ष जनक बुढा, वीरेन्द्रनगर जेसीज र जुनियर जेसीजका पदाधिकारी तथा सदस्यहरुको सहभागिता रहेको वीरेन्द्रनगर जुनियर जेसीजका अध्यक्ष भावुक रिजालले जानकारी दिए ।

फरकबाटो १७ माघ २०७८, सोमबार ०८:४५