कात्तिक ३ गते कर्णालीमा सार्वजनिक बिदा

सुर्खेत । कर्णाली प्रदेश सरकारले कात्तिक ३ गते प्रदेशभर सार्वजनिक बिदा दिने भएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयले  सुचना जारी गरि सार्वजनिक बिदाबारे जानकारी दिएको हो ।

प्रदेश मन्त्रिपरिषद्को वैशाख १७ को निर्णय अनुसार कात्तिक ३ गते शुक्ल पूर्णिमाको अवसरमा बिदा दिइएको हो । मन्त्रालयका (अधिकृत छैटौ) रोशन बहादुर शाहीले सरकारी तथा सार्वजनिक कार्यालय, बैँक तथा बित्तिय संस्थाहरुमा बिदा हुने जानकारी दिए ।

कर्णाली प्रदेश सरकारले वर्षमा ६ दिन सार्वजनिक बिदा दिँदै आएको छ । सरकारले साउन १ गते साउने संक्रान्ति तथा देउडा पर्व, भदौ ४ गते प्रदेश स्थापना तथा सहिद दिवस, भदौ १४ गते श्रीकृष्ण जन्माष्टमीमा बिदा दिँदै आएको छ ।

त्यस्तै असोज कृष्ण त्रयोदशीका अवसरमा जुम्लाको चन्दननाथ मन्दिरको लिङ्गो बोक्ने मेला, धान दिवसको अवसरमा असार १५ गते नौ जिल्लामा  र जुम्लामा भने चैत १२ गते सरकारले बिदा दिँदै आएको हो ।