राष्ट्रिय युवा संघ सुर्खेतका पदाधिकारीहरुको सपथ ग्रहण कार्यक्रम सम्पन्न


सुर्खेत । राष्ट्रिय युवा संघ सुर्खेतका पदाधिकारीहरु तथा सदस्यहरुको सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ । आज एक कार्यक्रमका बिच नेकपा एमाले स्थायी कमिटि सदस्य तथा कर्णाली प्रदेश इन्चार्ज यामलाल कँडेलको प्रमुख आथित्यता  कार्यक्रम सम्पन्न भएको हो ।

गत चैत्र ११ गते वीरेन्द्रनगर सुर्खेतमा  नेकपा एमाले स्थायी कमिटि सदस्य तथा कर्णाली प्रदेश इन्चार्ज यामलाल कँडेलको प्रमुख आथित्यता तथा पार्टी पोलिटव्युरो सदस्य एंव राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय इन्चार्ज महेश बस्नेतको विशेष आथित्यतामा  भएको ८ औं जिल्ला अधिवेशनबाट निर्वाचित जिल्ला कमिटिका पदाधिकारी तथा सदस्यहरुको सपथ ग्रहण सम्पन्न भएको हो ।

यस्तै राष्ट्रिय युवा संघ कर्णाली प्रदेशका अध्यक्ष गणेशमान खनालले सपथ ग्रहण गराएका हुन् । कमिटिको अध्यक्षमा बासुदेव आचार्य, उपाध्यक्षमा विक्रम वि.क, सचिवमा धनिराम आचार्य, सहसचिवमा भिमराज बुढा र शंकर गुरुङ् तथा कोषाध्यक्षमा सुमन बयक चयन भएका थिए । ७१ सदस्यीय कमिटि गठन गरि आज सपथ ग्रहण गरिएको संघका नवनिर्वाचित अध्यक्ष बासुदेव आचार्यले जानकारी दिए ।

सपथ ग्रहण कार्यक्रममा बोल्दै पार्टी स्थायी कमिटि सदस्य एंव कर्णाली प्रदेश इन्चार्ज यामलाल कँडेलले युवाहरुमा देश बनाउने जिम्मेवारी भएकोले त्यो जिम्मेवारी राष्ट्रिय युवा संघमा आएको बताए । उनले देशको मुहार फेर्ने भनेकै राष्ट्रिय युवा संघले भएकोले यसमा सबै युवाहरु आवद्ध भएर लाग्नुपर्ने बताए ।