भेरीगंगा जेसीजको प्रिइन्डक्सन लोम अफिसर तालिम सम्पन्न

सुर्खेत । भेरीगंगा जेसीज सुर्खेतको आयोजनामा शनिबार प्रिइन्डक्सन लोम अफिसर तालिम सम्पन्न भएको छ । जेसीजमा आवद्ध सदस्यहरुको लागि प्रिइन्डक्सन तालिमको आयोजना गरिएको हो ।

तालिममा १५ जनाको सहभागिता रहेको भेरीगंगा जेसीज बर्ष २०२२ का अध्यक्ष जेसी गोपी प्रसाद शर्माले जानकरी दिए ।