दैलेखको नौमुले गाउँपालिका अध्यक्षमा माओवादीका सुवेदी विजयी

दैलेख । दैलेखको नौमुले गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका छवि सुवेदी विजयी भएका छन् । उनले तीन हजार दुई सय मत ल्याए अध्यक्षमा निर्वाचित भएका हुन् ।

सुवेदीका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका भले बुढामगरले दुई हजार ५४४ मत ल्याएका छन् भने तेस्रो भएका नेकपा एमालेका शसिराम विश्वकर्माले एक हजार९२० मत पाए ।

यस्तै, गाउँपालिकाको उपाध्यक्षमा एकीकृत समाजवादीका गंगबहादुर शाही विजयी भएका छन् ।
नौमुलेमा माओवादी र एकीकृत समाजवादीको गठबन्धन थियो ।