लैगिंक हिंसा विरुद्धको १६ दिने अभियान मनाउने सम्बन्धमा तयारी बैठक सम्पन्न


सुर्खेत । गुराँस गाउँपालिकाको आयोजनामा लैगिंक हिँसा विरुद्धको १६ दिने अभियान मनाउने सम्बन्धमा तयारी बैठक सम्पन्न गरिएको छ । गाउँपालिकाका उपाध्यक्ष शिवाकुमारी खड्काको अध्यक्षतामा विभिन्न संघसंस्थाका प्रतिनिधि, अगुवा महिला, स्थानीय प्रहरी तथा शाखा प्रमुखहरुको सहभागीतामा बैठक सम्पन्न गरिएको हो ।

२५ नोभेम्बरदेखि १० डिसेम्बर, २०२४ (तदनुसार २०८१ मंसिर १० देखि ऐ. २५ गते ) सम्म मनाइने यो दिवसको अन्तराष्ट्र्रिय नारा “Towards 30 years of the Beijing Declaration and platform for Action M UNiTE to End Violence against Women” र राष्ट्रिय नारा “हामी सबैको प्रतिबद्धताः लैगिंक हिँसा अन्त्यको लागि ऐक्वबद्धता” रहेको छ ।

यसै सन्दर्भमा दिवसलाई भव्य सफल बनाउनका लागि तयारी बैठक आयोजना गरिएको गाउँपालिकाका उपाध्यक्ष खड्काले बताईन् । खड्काका अनुसार अभियानको पहिलो दिन बृहत र्‍यालीको आयोजना गरिने, अभियानका सोहै्र दिन केही न केही कार्यक्रम वडा तहसम्म गरेर मनाउने, मंसिर १७ गते लैगिंक हिँसा न्युनिकरणमा हाम्रो भुमीका विषयक वक्तृत्वकला प्रतियोगिताको आयोजना लगायतका कार्यक्रम गरेर मनाउने तयारी रहेको छ ।