प्रमुख राजनीतिक दलले केटाकेटीपन देखाए : राप्रपा अध्यक्ष लिङ्देन


सुर्खेत । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रमुख राजनीतिक दलहरुको केटाकेटीपनले देश अन्तर्राष्ट्रिय शक्ति राष्ट्रहरुको राणनीतिक प्रतिष्प्रर्धा स्थलमा परिणत भएको बताएका छन् ।

शनिबार पार्टीको आमसभालाई सम्बोधन गर्न वीरेन्द्रनगर आइपुगेका अध्यक्ष लिङ्देनले सुर्खेत विमान स्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै एमसीसीको सम्बन्धनमा प्रमुख राजनीतिक दलहरुले जुन भूमिका निर्वाह गरे यसले देशलाई दिर्घकालिन रुपमा क्षती गर्ने बताए ।

उनले भने, ‘प्रमुख राजनीतिक दलहरुले एमसीसीको सम्बन्धमा जुन प्रकारको भूमिका निर्वाह गरे कि बैदेशिक सम्बन्धलाई सत्ता आरोहणको सिंढी र सत्तामा बसिरहने लिस्सोको रुपमा प्रयोग गरे, यो आलोकाचो व्यवहार र केटाकेटीपनले देश अन्तर्राष्ट्रिय शक्ति राष्ट्रहरुको राणनीतिक प्रतिष्प्रर्धा स्थलमा परिणत भयो । यस्तो दुष्प्रयासको सिकार प्रमुख राजनीति दल मात्र होइन् देश र जनताले व्यर्होनुपर्छ । देशलाई दिर्घकालिनसम्म क्षती पु¥याउँछ ।’

उनले एमसीसीको बारेमा जनताको तहसम्म विभाजन भएकाले यसको छिनोफानो गर्नुपर्ने भनिए पनि १२ बुँदे ब्याख्यात्मक टिप्पणी ल्याएर राजनीतिक दलहरुले केटाकेटी पन देखाएको बताए । उनले १२ बुँदे ब्याख्यात्मक टिप्पणीले समस्या समधान नगर्ने र दिर्घकालिन रुपमा देशलाई नोक्सानी हुने बताए । उनले एमसीसी कार्यान्वयनमा राप्रपाको कूनै पनि भूमिका नहरने प्रष्ट समेत पारे ।