सरकारले संवैधानिक व्यवस्था अनुसार तीनै तहको निर्वाचन गर्छ : प्रवक्ता कार्की


काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकारले संवैधानिक व्यवस्थाअनुसार नै सबै तहको निर्वाचन गर्ने बताएका छन् ।

नेपाल सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री कार्कीले संविधानमा व्यवस्था भएअनुसार नै स्थानीय तह, प्रदेश र सङ्घको निर्वाचन हुने प्रष्ट पारे । आज बुधवार मन्त्रिपरिषद्का् निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा

उनले संविधानमा व्यवस्था भएअनुसार सबै तहको चुनाव समयमै गराउन सरकारले त्यससँग बाझिएका कानुन संशोधनका लागि कानुनविद्हरूसँग छलफल गरिसकेको पनि स्मरण गराए ।