कर्णालीमा माओवादीले टुंग्यायो मन्त्री, सुर्खेतका जिसी र सल्यानका शर्मा मन्त्री बन्दै

सुर्खेत । कर्णाली प्रदेशमा नेकपा माओवादी केन्द्रले मन्त्रीको टुंगो लगाएको छ । कर्णाली माओवादीले सुर्खेतका कृष्ण जिसी  र सल्यानका भीम प्रकाश शर्मालाई मन्त्री बनाउने निर्णय गरेको हो ।

यसअघि माओवादीबाट मुगुका मंगलबहादुर शाही मन्त्री बनिसकेका छन् । नेकपा माओबादी केन्द्र कर्णाली प्रदेश समितिका एक सदस्यका अनुसार जिसीले कानुन मन्त्रालय, शाहीले भौतिक पूर्वाधार, जलस्रोत तथा ऊर्जा विकास र शर्माले भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी पाउने भएका छन् ।