काठमाण्डौ । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगर्नुभएको विषयमा उनको समर्थन र विरोधमा छुट्टाछुट्टै प्रदर्शन भएको छ ।
आज बुधवार नेकपा एमालेको भातृ सङ्गठनले राष्ट्रपतिको कदमको पक्षमा र नेकपा माओवादी केन्द्रको भातृ सङ्गठनले विपक्षमा काठमाण्डौमा प्रदर्शन गरेका छन् । विधेयक प्रमाणीकरण नगरेकोमा खुसी व्यक्त गर्दै एमाले भातृ सङ्गठन युवा सङ्घले राष्ट्रपतिको तस्बिर छातीमा टाँसेर खुसीयाली मनाएका छन् । तर माओवादीको भातृ सङ्गठन अखिल क्रान्तिकारीले संसद्ले पारित गरेको नागरिकतासम्बन्धी विधेयक पारित नगर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको कदमलाई गैरसंवैधानिक भन्दै प्रदर्शन गरेको छ ।
संसद्ले दोस्रो पटक जस्ताको तस्तै पारित गरेर पठाएको राष्ट्रपति भण्डारीले प्रमाणीकरण गर्न अस्वीकार गर्नुभएको हो । राष्ट्रपतिले १५ दिनभित्रमा विधेयक पारित गर्नुपर्ने व्यवस्था गरेको छ ।
फरकबाटो ५ आश्विन २०७९, बुधबार १६:५८