काठमाडौं । धेरै चासोको साथ हेरिएको काठमाडौं महानगरपालिकाो मेयरमा हालसम्म स्वतन्त्र रुपमा उम्मेदवार दिएका बालेन्द्र शाह(बालेन)ले अग्रता कायम गरेका छन्।
पछिल्लो मतपरिणाम अनुसार ५९६५ मत गन्दा बालेन साहले २१५१ मत ल्याएका छन् भने एमालेका उम्मेदवार केशव स्थापितले १२५९ मत ल्याएका छन्।
यस्तै, गठबन्धनबाट उम्मेदवार बनेकी सिर्जना सिंहले १०८८मत ल्याएकी छन। काठमाडौं महानगरको मत गणना सुस्त गतिमा भइरहेको छ।


फरकबाटो १ जेष्ठ २०७९, आईतवार ११:४६