एमाले जिल्ला अधिवेशन : जुम्ला र जाजरकोट बाहेक कर्णालीका आठ जिल्लामा आज प्रतिनिधि छनोट गरिँदै

सुर्खेत । एमाले जिल्ला अधिवेशनका लागि कर्णालीका आठ जिल्लामा प्रतिनिधि छनोट शनिबार सुरु भएको छ ।

एमाले कर्णाली प्रदेश कमिटीका अनुसार सुर्खेतसहित दैलेख, कालिकोट, रुकुमपश्चिम, मुगु, डोल्पा, हुम्ला र सल्यानमा प्रतिनिधि छनोट सुरु भएको हो ।

एमाले प्रदेश अध्यक्ष विनोद कुमार शाहले जाजरकोटमा १८ गते र जुम्लामा २० गते प्रतिनिधि छनोट गरिने जानकारी दिए । सबै जिल्लामा सर्वसम्मत प्रतिनिधि छनोट गरिने उनको भनाई छ । यही पुस २३ गते एमालेको जिल्ला अधिवेशन हुँदैछ ।