
सुर्खेत । नेपाली कांग्रेस सुर्खेतको सभापतिमा खड्क पोखरेल निर्विरोध निर्वाचित भएका छन् ।
उनको एकल उम्मेद्वारी परे पछि निर्विरोध भएका हुन् । अन्य पदका लागि भने आज मतदान हुँदैछ । पोखरेल संस्थापन (देउवा) पक्षका हुन् ।
संस्थापन पक्षबाट उपसभापतिमा विष्णु खड्का र टोपबहादुर रावत, सचिवमा देवकुमार सुवेदी र बालदिप कँडेलले उम्मेदवारी दर्ता गराएका छन् । सह–सचिवमा हरि विष्ट र प्रकाश डिसीको उम्मेद्वारी परेको छ ।
यस्तै पौडेल पक्षले सभापति बाहेकका पदहरुमा उम्मेद्वारी दर्ता गराएको छ ।
पौडेल पक्षबाट उप सभापतिमा टेकबहादुर सिंह र शोभा शर्मा, सचिवमा अनन्त पौडेल र जनकबहादुर रावल तथा सहसचिवमा भिमबहादुर शाही र लोकबहादुर पन्तले उम्मेदवारी दर्ता गराएका छन् ।

फरकबाटो १२ मंसिर २०७८, आईतवार ०९:२५