वीरेन्द्रनगर जेसिज र जुनियर जेसीजको सयुक्त पदस्थापन कार्यक्रम सम्पन्न

सुर्खेत । वीरेन्द्रनगर जेसीज र वीरेन्द्रनगर जुनियर जेसीजको संयुक्त पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । मंगलबार वीरेन्द्रनगरमा वीरेन्द्रनगर जेसीज र वीरेन्द्रनर जुनियर जेसीजको वर्ष २०२२ को पदस्थापन कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रम नेपाल जेसीज वर्ष २०२२ का राष्ट्रिय अध्यक्ष लालमणी भण्डारीको प्रमुख आत्थ्यितामा भएको हो । कार्यक्रममा वीरेन्द्रनगर जेसीज २०२१ का अध्यक्ष कमल लामिछानेले वर्ष २०२२ का सैलेन्द्र पाठकलाई चेन हस्तान्तरण गरेका थिए ।

वीरेन्द्रनगर जेसीज वर्ष २०२२ को अध्यक्षमा पाठक, कार्यकारी उपाध्यक्षमा रिदेस गिरी र भिमबहादुर थापा, महासचिवमा संजोग भण्डारी, कानूनी सल्लाहकार सागर पौडेल, कोषाध्यक्षमा हिक्मत सापकोटा र सचिवमा दुर्गाप्रसाद शर्मा रहेका छन् ।

यस्तै उपाध्यक्षमा दिलिपजंग शाही, महेन्द्रकुमार थापा, युवक सापकोटा, मनोज एमसी रहेका छन् । शाखा सम्पादक मुना हमाल, तालिम संयोजक आकृति खड्का, जनसम्पर्क अधिकारी दिल्लु प्रसाद ढुंगाना, खेलकुद संयोजक प्रकाश खड्का मनोनित रहेका छन् ।

यस्तै जुनियर जेसीजको अध्यक्षमा भावुक रिजाल, कार्यकारणी उपाध्यक्षमा रुप बहादुर बुढा, धिरेन्द्र बयक, उपाध्यक्षहरु सृजना थापा मगर, सुजिता रोकाय, पदम शाही र ओकेन्द्रनाथ योगी रहेका छन् । यस्तै महासचिवमा शंकर आचार्य, कोषाध्यक्षमा गंगा बुढा, सचिवमा सुवास शर्मा, कानुनी सल्लाकारमा जीवन प्रसाद जैशीलाई मनोनित गरिएको छ । वीरेन्द्रनर जुनियर जेसीज वर्ष २०२१ का अध्यक्ष जनक बुढाले वर्ष २०२२ का अध्यक्ष रिजाललाई चेन हस्तान्तरण गरेका थिए । बाँकी पदहरुमा प्रथम बैठकबाट मनोनित गरिने वर्ष २०२२ का अध्यक्ष शैलेन्द्र पाठकले जानकारी दिए ।

यस्तै कार्यक्रममा उत्कृष्ठ जेसीजको रुपमा हिक्मत सापकोटा, विशिष्ट जेसीजको रुपमा शैलेन्द्र पाठक, सर्वाधिक उपस्थितीतर्फ आकृति खड्का र उत्कृष्ट प्रोजेक्ट चियर अवार्डतर्फ महेन्द्र थापा र सर्वाधिक सहभागितातर्फ दुर्गा प्रसाद शर्मा पुरस्कृत तथा सम्मानित भएका छन् ।

यस्तै जुनियर जेसीजतर्फ शंकर आचार्य उत्कृष्ट र सर्वाधिक सहभागितातर्फ सुजिता थापा पुरस्कृत तथा सम्मानित भएका छन् । कार्यक्रममा राष्ट्रिय अध्यक्ष लालमणी भण्डारीले जेसीजको मिसन र भिजन अनुसार काम गर्नुपर्ने बताए । यूवाहरुलाई जेसीजको माध्यमबाट नेतृत्व तहमा पु¥याउनुपर्नेमा जोड दिए । समाज रुपान्तरणमा युवाहरुको भूमिका महत्वपूर्ण रहेको उनको भनाई छ ।

कार्यक्रममा नेपाल जेसीजका कार्यकारणी उपाध्यक्ष अनिल शाही, वीरेन्द्रनगर जेसीजका संस्थापक महासचिव सम्भु पन्त, पूर्व अध्यक्षहरु टिकाराम चपाई, सागर भुसाल, नन्द विसी, सरस्वति बस्नेत, भद्र भण्डारी, बितिहोत्र बशिष्ठ, शिवराज घिमिरे , सुर्खेत महिला जेसीज वर्ष २०२२ का अध्यक्ष मनिषा कौशाल भेरिगङा जेसिज का अध्यक्ष गोपि प्रसाद शर्मा लगायतको सहभागिता रहेको थियो ।