
सुर्खेत । सल्यानमा भान्जाको हत्या गर्ने मामा पक्राउ परेका छन् । सल्यानको बनगाड कुपिण्डे नगरपालिका १० का ३४ वर्षीय डम्बर पुरीले आफ्नै भान्जा ८ वर्षीय भिजन घर्तीलाई आँसीले घाँटी रेटी हत्या गरेका हुन् ।
मानशिक सन्तुलन गुमाएका पुरीले घर आगनकै मन्दिरभित्र भान्जालाई लगि आँसीले घाँटी रेटी हत्या गरेर मन्दिरभित्रै गाडेको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ । उनलाई आँसीसहित नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

फरकबाटो २ माघ २०७९, सोमबार ०९:५४