वीरेन्द्रनगरमा ज्योती पैरवी समुहको अनुगमन तथा अन्तरक्रिया सम्पन्न

सुर्खेत । वीरेन्द्रनगरमा ज्योती पैरवी समुहको अनुगमन तथा अन्तर्रक्रिया कार्यक्रम सम्पन्न भएको छ । ४ डिसेम्बर २०२४ मा वीरेन्द्रनगर १ मा रहेको ज्योति पैरवी समूहको अनुगमन र छलफल कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रममा UN Women Nepal का उपप्रमुख मेहताप तातर, UN Women Nepal का कर्णाली प्रदेश, संयोजक सकुन्तला सुवेदी, जुरी नेपालकी अनुगमन तथा मुंल्याकन संयोजक मुना अधिकारी, र दलित महिला संघकी सचिव खगिसरा वलिको नेतृत्वमा छलफल र अनुगमन गरिएको हो ।

कार्यक्रम “हाम्रो सहकार्य परियोजना”अन्तर्गत सञ्चालनमा आएको हो । जसमा UN Women Nepal र Embassy of Finland to Nepal  को आर्थिक सहयोग तथा दलित महिला संघ र जुरी नेपालको साझेदारी रहेको छ।

छलफलमा समाजमा व्याप्त हानिकारक मूल्यमान्यताको पहिचान सन्दर्भमा दलित महिलाहरूले भोग्ने चुनौतीहरू, उनीहरूको क्षमता विकासका अवसर, सिकाइ, परिवर्तन, र सुधारका सम्भावनाका विषयमा छलफल गरिएको थियो ।

कार्यक्रममा कार्यान्वयन समितिकी संयोजक सर्मिला नेपाली ले समूहका सदस्यहरू परिवार र समुदायमा लैङ्गिक समानताको पहल गरिरहेको र समाजमा रहेका विकृति तथा विसंगतिविरुद्ध कार्य योजना बनाएर कार्यान्वयन गरिरहेको जानकारी दिइन्।

समूहकी अध्यक्ष गोल्मा दमाईले आफ्नो जीवनका चुनौतीपूर्ण अनुभवहरू सेयर गर्दै पहिला जातिय विभेद सहेर बस्नुपरेको तर अहिले डटेर आवाज उठाइरहेको बताईन् ।

कार्यक्रममा UN Women Nepal का उपप्रमुख मेहताप तातरले छलफलका क्रममा समूहको प्रयास र परिवर्तनका सकारात्मक पक्ष सुन्दा खुसी लागेको बताउँदै,आगामी दिनहरूमा पनि समुदायको आवश्यकताका आधारमा थप सहकार्य गर्न आँफुहरु प्रतिबद्ध रहेको बताईन् ।

कथा कथनको माध्यमबाट र अनुभवको आधारमा पनि ज्ञान हासिल गर्न सकिने कुरामा जुरी नेपालकी मुना अधिकारीले जोड दिइन् ।

कर्णाली प्रदेश संयोजक मिना विश्वकर्माले यस्ता अनुगमनले समुदायका मुद्दाहरूमा अन्तर्राष्ट्रिय संस्थाहरूको चासो र सक्रियताको महत्त्व झल्काएको बताउँदै, यो परियोजनाले आगामी आवश्यकताहरू र प्राथमिकताहरू पहिचान गर्न योगदान गरेको धारणा राखिन्।

कार्यक्रमले दलित महिलाहरूका समस्या, समाधानका सम्भावना, र लैङ्गिक समानताका पहलहरूलाई अझ बलियो बनाउन महत्त्वपूर्ण भूमिका खेलेको छ। यसले समुदायमा सकारात्मक परिवर्तन ल्याउन र अन्तर्राष्ट्रिय सहकार्यलाई प्रवर्द्धन गर्न थप मार्ग प्रदान गरेको दलित महिला संघ सुर्खेतकी सचिव खगीसरा वलीले बताईन् ।