मन्त्री यादवलाई बर्खास्त गर्न माग

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवलाई पदमुक्त गर्नुपर्ने बताएका छन् ।

गौर नरसंहार दोहो¥याउने अभिव्यक्ति दिएकी मन्त्री यादवलाई जिम्मेवारीबाट हटाउन चौतर्फी माग भइरहेका बेला सरकारको नेतृत्व गरिरहेको दल कांग्रेस महामन्त्री शर्माले पनि मन्त्री यादवलाई पदमुक्त गर्न प्रधानमन्त्रीलाई आग्रह गरेका हुन् ।

मन्त्री यादवले पदीय मर्यादाविपरीत अभिव्यक्ति दिएको ठहर गर्दै पदमुक्त गर्न कांग्रेस महामन्त्री शर्माले प्रधानमन्त्रीलाई आग्रह गरेका हुन् ।

मन्त्री यादवको अभिव्यक्तिलाई लिएर आलोचना भए पनि उनकै पार्टी जनता समाजवादी पार्टी (जसपा)ले भने कुनै प्रतिक्रिया दिएको छैन ।

बुधबार रौतहटमा आयोजित एक कार्यक्रममा मन्त्री यादवले जनमत पार्टीका अध्यक्ष सिके राउतलाई लक्षित गर्दै गौर हत्याकाण्ड दोहोरिने चेतावनी दिएकी थिइन् ।

२०६३ चैत ७ गते रौतहटको गौरमा तत्काली नेकपा माओवादीले आयोजना गरेको कार्यक्रममा तत्कालीन मधेशी जजअधिकार फोरमका कार्यकर्ताले आक्रमण गरेका थिए ।

आक्रमणबाट माओवादीका २७ कार्यकर्ताको मृत्यु भएको थियो ।