बालेन शाह केशव स्थापित भन्दा झन्डै दाेब्बर मतले अघि

काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहको अग्रता कायमै छ । ७ हजार ६ सय १८ मतगणनामा शाहले ३ हजार १ सय १० मत प्राप्त गर्नुभएको छ । उनलाई पछ्याइरहनुभएका नेकपा एमालेका उम्मेदवार केशव स्थापितले १ हजार ६ सय ४५ मत प्राप्त गरेकाछन् । स्थापित शाहभन्दा झन्डै दोब्बरले मतले पछाडि परेका छन् ।

यस्तै गठबन्धनतर्फ कांग्रेसकी सिर्जना सिंहले १ हजार ६ सय २ मत प्राप्त गररकी छिन् । राप्रपाका मदनदास श्रेष्ठले २ सय ८२ र स्वतन्त्र उम्मेदवार सुमन सायमीले २ सय ८१ मत प्राप्त गरेका छन् ।

उपमेयरमा एमालेकी उम्मेदवार सुनिता डंगोलले अग्रता बनाइ रहेका छन् । उनले २ हजार ९ सय ५५ मत प्राप्त गरेका छन् । गठबन्धनतर्फ एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले ८ सय ५० मत प्राप्त गरेका छन् ।