वीरेन्द्रनगरको मेयरमा १७ जनाको उम्मेदवारी दर्ता

सुर्खेत । वीरेन्द्रनगर नगरपालिकाको मेयरमा १७ जनाको उम्मेदवारी परेको छ । त्यस मध्य पाँच जनाले स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गरेका छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार वीरेन्द्रनगरको मेयरमा नेकपा एमालेबाट मोहन माया ढकाल, नेपाली काँग्रेसबाट उपेन्द्र खड्का, नेकपा माओवादी केन्द्रबाट राजेन्द्र देव गिरी, जनता समाजवादी पार्टी, नेपालबाट गगन बहादुर सारु र एकीकृत समाजवादीबाट धन कुमारी जिसीले उम्मेदवारी दर्ता गरेका हुन् ।

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीबाट मुकुन्द श्याम गिरी, राष्ट्रिय जनमोर्चाबाट विष्णु प्रसाद शर्मा, नेपाल मजदुर किसान पार्टीबाट गोविन्द नाथ योगी, राष्ट्रिय नागरिक पार्टीबाट टिकाराम रेग्मी, नेपाल दलित पार्टीबाट निलकण्ठ भुसाल, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबाट टंक प्रसाद रेग्मी र नेपाल परिवार दलबाट दिनेश प्रसाद काफ्ले मेयर पदका लागि उम्मेदवारी दर्ता गरेका छन् ।
यस्तै फष्ट बहादुर हमाल, चिन्तामणी शर्मा, भीम प्रसाद शर्मा, सिद्ध बहादुर खड्का, उमा नन्द पंगालीले वीरेन्द्रनगरको मेयरका लागि स्वतन्त्र रुमा उम्मेदवार दिएका छन् ।

नगरपालिकाको उपमेयरमा तीन जनाको स्वतन्त्र उम्मेदवारसहित १५ जनाको उम्मेदवारी दर्ता भएको छ । उपमेयरका लागि एमालेबाट निलकण्ठ खनाल, नेपाली काँग्रेसबाट राम कुमारी थापा, नेकपा माओवादी केन्द्रबाट शान्ति ढकाल, जनता समाजवादी पार्टी, नेपालबाट सन्तोषी विश्वकर्मा, एकीकृत समाजवादीबाट विर बहादुर रावत र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट लक्ष्मी कुमारी सार्कीले उम्मेदवारी दर्ता गरेका छन् ।

राष्ट्रिय जनमोर्चाबाट कृष्णा कुमारी रावल, नेपाल मजदुर किसान पार्टीबाट बिजुकला रावल, नेपाल नागरिक पार्टीबाट पवित्रा कुमारी शर्मा, नेपाल दलित पार्टीबाट भूमिसरा विक, नेकपा समाजवादीबाट दिलमाया आले मगर, नेकपा (माओवादी समाजवादी) बाट बिमला पुन मगरले पनि उपमेयरमा उम्मेदवारी दिएका हुन् ।

यस्तै नगरपालिकाको उपमेयरमा अनिल ढकाल, भोज प्रसाद चपाई र दिपेन्द्र ढकालले स्वतन्त्र उम्मेदवारी दिएका छन् । नगरपालिकाको मेयर, उपमेयर, वडा अध्यक्ष, महिला सदस्य, दलित महिला सदस्य, तथा खुला सदस्य गरेर चार सय ७६ जनाको उम्मेदवारी दर्ता भएको छ ।