सुर्खेत । बराहताल गाउँपालिकामा तीन वटा वडामा मतगणना सम्पन्न भएको छ । निर्वाचन अधिकृतको कार्यालयका अनुसार मतगणना सकिएका तीन वटा वडामा नेकपा एमाले, नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रले एक/एक वटा वडा जितेका छन् ।
वडा नं १ को वडा अध्यक्षमा २८७ मत ल्याएर माओवादी केन्द्रबाट बम बहादुर बडुवाल विजयी भएका छन् ।
वडा नं २ को वडा अध्यक्षमा नेकपा एमालेबाट भिम बहादुर साउँदले ६५६ मत ल्याएर विजयी भएका छन् भने वडा नं ३ को
वडा अध्यक्षमा नेपाली काँग्रेसबाट शेर बहादुर पुन मगरले २२२ ल्याएर मत ल्याएर विजयी भएका हुन् । निर्वाचन अधिकृत ठाकुर प्रसाद पौडेलले अहिले वडा नं ४ को मतगणना भइरहेको जानकारी दिए ।


फरकबाटो १ जेष्ठ २०७९, आईतवार १५:१४