बाजुराबाट प्रदेश सभामा कांग्रेसका शाही निर्वाचित

सुर्खेत । बाजुराबाट प्रदेश सभामा नेपाली कांग्रेसका पदमबहादुर शाही निर्वाचित भएका छन् । प्रदेश सभा २ बाट शाही २० हजार १ सय १९ मतसहित निर्वाचित भएका हुन् ।

उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार लाल बहादुर थापाले १७ हजार ५ सय २१ मत प्राप्त गरे ।

स्वतन्त्र उम्मेदवार जनक बहादुर रावलले १ सय ५५ र राप्रपाका उम्मेदवार हिमाल बहादुर शाहीले १ सय २२ मत पाए । ८सय ३४ मत बदर भएको छ ।