सुर्खेत । कर्णाली प्रदेशमा सक्रिय कोरोना संक्रमितको संख्या सात सय बढी पुगेको छ । प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका अनुसार बिहीबार १२५ जनामा कोरोना संक्रमण पुष्टी भएसँगै कर्णालीमा सक्रिय संक्रमितको संख्या ७११ पुगेको हो ।
कोरोना सङ्क्रमणको तेस्रो लहर आएसँगै कोरोना सङ्क्रणको दर कर्णालीमा पनि बढ्दै गएको छ । पछिल्लो एक सातामा कर्णालीमा करिब पाँच सय संक्रमित थपिएका छन् ।
निर्देशनालयका सुचना अधिकारी पदम केसीले पछिल्लो समय दैनिक संक्रमणको दर बढ्दै गएको बताए । परीक्षण गरिएको मध्य ५७ प्रतिशतमा कोरोना संङ्क्रमण देखिएको उनको भनाई छ । कर्णालीमा कुल सङ्क्रमित मध्य आधा भन्दा बढी सुर्खेतमा रहेका छन् । सुर्खेतमा साढे ३७१ सक्रिय संक्रमित रहेका छन् ।
यस्तै सल्यानमा १४१, कालीकोटमा १२८, दैलेखमा २२, रुकुमपश्चिममा ३३ र जुम्लामा १२ जना सक्रिय संक्रमित रहेका छन् । कोरोना संङ्क्रमणको उच्च जोखिम रहेकोले जनस्वास्थ्यका मापदण्ड पालना गर्न स्वास्थ्यकर्मीहरुले सुझाव दिएका छन् ।
फरकबाटो ६ माघ २०७८, बिहीबार १९:०१