सह-सचिव विष्टद्वारा पत्रकार महासंघलाई अक्षय कोष स्थापनाका लागि सहयोग

सुर्खेत । नेपाली कांग्रेस सुर्खेतका सह–सचिव  हरि विष्टले आफ्नो जन्मदिनको अवसरमा नेपाल पत्रकार महासंघ सुर्खेत शाखालाई अक्षय कोष स्थापनाका लागि ५१ हजार १११ रुपैयाँ प्रदान गरेका छन् ।   विष्टले बिहीबार महासंघका पदाधिकारीहरुलाई उक्त रकम हस्तान्तरण गरेका हुन् ।

महासंघले यस रकमबाट हरेक वर्ष सुर्खेतमा कार्यरत पत्रकारलाई (युवा पत्रकारिता पुरस्कार) बाट सम्मान गर्ने जनाएको छ ।

यस्तै सहसचिव विष्टले सुर्खेत उद्योग वाणिज्य संघलाई  ‘आपतकालीन राहात कोष’ स्थापना गर्नका लागि ५१ हजार १ सय ११ रुपैयाँ प्रदान गरेका छन् ।

आगलागी लगायतका प्राकृतिक प्रकोपबाट प्रभावित व्यापारी उद्योगीलाई आपतकालीन सहयोग प्रदान गर्ने उद्देश्यले ‘आपतकालीन राहात कोष’ स्थापनाका लागि रकम प्रदान गरेका हुन् ।