भुकम्पमा परेर नलगाड नगरपालिका जाजरकोटकी उपप्रमुख सिंहको मृत्यु


सुर्खेत । भूकम्पमा परेर जाजरकोटको नलगाड नगरपालिकाकी उपप्रमुख सरिता सिंहको मृत्यु भएको छ ।

शुक्रबार रातिको भूकम्पमा परेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले बताएको छ । हिजो राती करिब ११.४८ मा जाजरकोटको रामीडाँडा केन्द्रबिन्द् भएर गएको ६.४ रेक्टर स्केलको भुकम्पमा परि रुकुम र जाजरकोटमा  करिब ४० जना भन्दा बढीको मृत्यु भईसकेको प्रहरीको भनाई छ । अहिले घाईतेहरुको उद्धार र उपचारको कार्य भइरहेको छ ।