एमाले सुर्खेतको आठौं जिल्ला अधिवेशन : राजनीतिक तथा संगठनात्मक प्रतिवेदन प्रस्तुत


सुर्खेत । एमाले सुर्खेतको आठौं जिल्ला अधिवेशन शुक्रबारदेखि सुरु भएको छ । ‘एकताबद्ध पार्टी, सुदृढ संगठन, सुखी नेपाली र समृद्ध नेपाल निर्माणको महाअभियान’ भन्ने नारासहित एमाले सुर्खेतको आठौं जिल्ला अधिवेशन वीरेन्द्रनगरमा सुरु भएको हो । जिल्ला अधिवेशनमा छ सय बढी प्रतिनिधि सहभागि छन् ।
अधिवेशनको बन्दसत्र पनि शुक्रबार नै सुरु भएको छ । बन्दसत्रमा एमाले सुर्खेतका अध्यक्ष धुर्बकुमार शाहीले राजनीतिक तथा संगठनात्मक प्रतिवेदन प्रस्तुत गरेका छन् ।

यस्तै उपाध्यक्ष अमृतबहादुर बिसीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका छन् । प्रतिबेदनमाथि छलफल गरि सुझाव पेश गर्न १० वटा समूह विभाजन गरिएको छ ।

शनिबार बिहान ७ः३० बजेदेखि प्रतिवेदनमाथि छलफल र ९ बजेदेखि निष्कर्ष प्रस्तुत हुने अधिवेशन प्रचार प्रसार संयोजक गंगाराम तिमिल्सेनाले जानकारी दिए ।

यस्तै स्थायी कमिटी सदस्य तथा कर्णाली प्रदेश इन्चार्ज यामलाल कडेलको अध्यक्षतामा ७ सदस्यीय अध्यक्ष मण्डल गठन गरिएको छ । अध्यक्ष मण्डलमा नबराज रावत ,मोहनमाया ढकाल ,कमल शाही ,धुर्बकुमार शाही ,कृष्णबहादुर हमाल र चुडामणी शर्मा रहेका छन् ।