वीरेन्द्रनगर १६ र चिङ्गाड १ मा एमालेको जित

सुर्खेत । वीरेन्द्रनगर नगरपालिका १६ र चिङ्गाड गाउँपालिका १ सुर्खेतमा नेकपा एमालेले जित हात पारेको छ । वीरेन्द्रनगर १६ मा डण्ड बि.कले जित हात पारेका हुन् भने चिङ्गाड १ मा टेकबहादुर रजालीले वडा अध्यक्ष पदमा जित हात पारेका हुन् ।

बि.कले ६ सय ८ मत ल्याएका थिए भने उनका प्रतिस्प्रर्धी नेपाली काँग्रेसका पुर्णबहादुर ढकालले ५ सय ८३ मतले पराजित भएका हुन् । त्यस्तै रजालीले ६ सय ८२ मत ल्याई बिजयी भएका छन् भने उनका प्रतिस्प्रर्धी नेपाली काँग्रेसका वीरबहादुर वलीले ४ सय ४७ मत ल्याई पराजित भएका हुन् ।

चिङगाड १ मा एमालेको प्यानलनै विजयी भएको हो ।