कर्णालीमा गठबन्धनबाट राष्ट्रिय सभा सदस्यका लागि तीन जनाको उम्मेदवारी दर्ता

सुर्खेत । कर्णाली प्रदेशमा राष्ट्रिय सभा चुनावका लागि गठबन्धनको दलहरुबाट तीन जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

गठबन्धनको तर्फबाट कांग्रेसकी दुर्गाकुमारी गुरुङ (सुर्खेत), नेकपा माओवादी केन्द्रका नरबहादुर बिष्ट(सुर्खेत) र नेकपा एकिकृत समाजबादीका उदय बोहोरा(सल्यान) ले उम्मेदवार दर्ता गराएका हुन् । गुरुङ महिलाबाट, बिष्ट अपांगताबाट र बोहोरा अन्यबाट उम्मेदवारी दिएकी हुन् ।

यस्तै एमालेबाट सुर्खेतका चुडामणी शर्मा, महिलाबाट जुम्लाकी गंगा महत र अल्पसंख्यकबाट दैलेखका पदमबहादुर माझीले उम्मेदवारी दर्ता गराएका छन् । माघ १२ गते हुने निर्वाचनमा कर्णालीमा तीन दलीय गठबन्धन र एमालेबिच प्रतिष्पर्धा हुँदैछ ।

कर्णालीमा एक महिला, अन्य एक र अपाङ्गता\अल्पसङ्ख्यक कोटामा गरी तीन सदस्यका लागि चुनाव हुँदैछ । कर्णालीमा महिलाबाट कविता बोगटी, अपाङ्गताबाट जीवन बुढा र अन्यबाट ठगेन्द्रप्रकाश पुरीको पदावधि सकिन लागे पछि चुनाव हुन लागेको हो ।