सभामुख देवराज घिमिरेद्वारा शपथ ग्रहण


सुर्खेत । सभामुख देवराज घिमिरेले पद तथा गोपनीयताको शपथ लिएका छन् । आज शुक्रवार बिहान राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले सभामुखमा निर्वाचित घिमिरेलाई शपथ गराएकी हुन् ।

यस्तै नवनिर्वाचित सभामुख घिमिरेले स्वतन्त्र र निष्पक्षरूपमा काम गर्नका लागि पार्टीको सम्पूर्ण जिम्मेवारीबाट अलग भएको बताएका छन् ।

प्रतिनिधि सभाको हिजो बिहीवारको बैठकमा नेकपा एमालेका देवराज घिमिरे सभामुखमा निर्वाचित भएका थिए ।