एमाले जिल्ला अधिवेशन : कर्णालीका हुम्ला, मुगु र कालीकोट बाहेक सात जिल्लामा सुरु

सुर्खेत ।  एमाले जिल्ला अधिवेशन कर्णालीका सात जिल्लामा शुक्रबारदेखि सुरु भएको छ । प्रदेश कमिटीका अध्यक्ष विनोद कुमार शाहका अनुसार हुम्ला, मुगु र कालीकोट बाहके सात जिल्लामा अधिवेशन सुरु भएको हो ।

उनले डोल्पा, रुकुमपश्चिम, सल्यान, सुर्खेत, जाजरकोट, दैलेख र जुम्लामा अधिवेशन सुरु भएको जानकारी दिए । कालीकोटमा भोलि, मुगुमा पुस २७ गते र हुम्लामा माघ २३ गते अधिवेशन हुने उनले बताए । मौसमका कारण शुक्रबार यि जिल्लामा अधिवेशन हुन नसकेको उनको भनाई छ ।