विश्वासकाे मतका लागि मुख्यमन्त्री शाक्यद्वारा संसदमा प्रस्ताव पेस, अर्काे बैठक कात्तिक ४ गते

मकवानपुर – वाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मतका लागि प्रदेश सभा समक्ष प्रस्ताव पेस गरेकी छन् ।
आइतवार बसेको वाग्मती प्रदेश सभाको नवौँ अधिवेशनको दोस्रो बैठकमा मुख्यमन्त्री शाक्यले विश्वासको मतका लागि प्रस्ताव पेस गरेकी हुन । प्रस्ताव पेस गर्दै उनले आफूले प्रतिनिधित्व गर्ने दल नेकपा एमाले विभाजन भएकाले संविधानको धारा ८८ को उपधारा २ बमोजिम विश्वासको मतको लागि प्रस्ताव पेस गरेको गरिन् ।

प्रदेश सभामा विश्वासको मतका लागि प्रस्ताव पेस भए पनि त्यसमाथि सभाको त्यो बैठकमा कुनै छलफल भने भएन । वाग्मती प्रदेश सभाको अर्को बैठक आउँदो कात्तिक ४ गते बिहीवार दिउँसो १ बजेका लागि बोलाइएको छ ।

साभारः उज्यालो अनलाइन