माधव नेपाल निवासमा सत्ताधारी तीन दलको बैठक

काठमाडौं । सत्ता गठबन्धनका तीन दल एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालको निवास कोटेश्वरमा भेला भएका छन्।

एमसिसीबारे साझा धारणा बनाउन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नारायणकाजी श्रेष्ठ  र जसपा अध्यक्ष उपेन्द्र यादव उपाध्यक्ष अशोक राई कोटेश्वरमा भेला भएका छन्। बैठकमा शहरी विकासमन्त्री रामकुमारी झाँक्री समेत सहभागी भएको अध्यक्ष नेपालका सहयोगी मोहन गौतमले जानकारी दिए।

एमसीसीबारे निर्णय लिन सत्ता गठबन्धनको बैठक बस्दै छ। त्यस अघि आ–आफ्नो पार्टीको धारणा तय गर्न सत्ताधारी तीन दलको बैठक बसेको हो।  एकीकृत समाजवादी एमसीसी संसदमा टेबुल गर्ने पक्षमा रहेको छ भने माओवादी केन्द्रले  एमसीसीको विपक्षमा मत दिने बताउँदै आएको छ।

कांग्रेस भने जसरी पनि आजै संसदमा एमसीसी टेबल गरेर छलफलमा लैजाने अडानमा रहेको छ। संसद बैठक आज दिउसो १ बजे बस्दै छ।